fbpx

पिज्जाका पारखीलाई खुसीको खवर, माेवाइल नचलाउँदा निशुल्क पिज्जा !

एजेन्सी । मोवाइलबिना मानिसको दैनिकी गतिविधी सञ्चालन गर्न नै गाह्रो छ । प्रविधीकाे विकाससँगै मोवाइल फोन प्रयोग गर्नेको संख्या धेरै छ ।

अमेरिकाको क्यालिफोर्नियाको एक रेष्टुरेन्टले मोवाइलको प्रयोग कम गर्ने उदेश्यले निशुल्क पिज्जा दिने अफर ल्याएको हो । यसको लागि रेष्टुरेन्टमा आउने सबै ग्राकहरुले आफ्नो मोवाइल फोन रेष्टुरेन्ट कै लकरमा राख्नुपर्ने हुन्छ । बदलामा उनीहरुले फ्रि मा पिज्जा खान पाउने छन् । रेष्टुरेन्टका मालिकले भन्छन्, ‘यस्तो अफर दिनुको प्रमुख कारण मानिसलाई समूहमा बसाएर एकअर्कासंग कुराकानी गर्ने बानीको विकास गर्नु हाे ।’

उक्त अफरका लागि ग्राहकहरु कम्तिमा पनि ४ जनाको समूहमा आउनु पर्दछ साथै उनिहरु सबैसंग स्मार्ट फोन अनिवार्य रुपमा हुनु पर्नेछ र रेष्टुरेन्टको स्टाफले उनीहरुको स्मार्ट फोनलाई लकरमा राख्ने छन् । ग्राहक दोस्रो पटक आए २४ घन्टा पश्चात मात्र पिज्जा दिइनेछ । अफरको शुरुवात करिब ३ हप्ता पहिलेदेखि भएको हो । हालसम्म कम्पनीले ५० भन्दा बढी ठूला पिज्जाहरु आफ्ना ग्राहकलाई दिइसकेको  जनाएकाे छ ।

प्रतिक्रिया

5 + 12 =

Loading...