fbpx

सिरियामा १२ जना सर्वसाधारण मारिए

दमस्कस । विद्रोही लडाकूहरुले गरेको क्षेप्यास्त्र प्रहारबाट सिरियाको उत्तरपश्चिमी एक गाउँमा कम्तीमा १२ जना सर्वसाधारण मारिएका छन् ।  सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामकाे अाक्रमणमा परी १२ जना  सर्बसाधरण मारिएका हुन् ।

मानव अधिकारकालागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरुको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ । उक्त स्थानमा अलेप्पोको ग्रामीण इलाकामा नै लुकेर बसेका विद्रोहीले आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ।

अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ । सोहि स्थानमा शनिबार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए ।

अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रुपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएता पनि यस सम्झौताको पूर्ण पालना भएको छैन । सन् २०११ देखि शुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । रासस

प्रतिक्रिया

Loading...