fbpx

सुपुर्दगी विधेयकको विरोधमा हङ्कङमा आन्दोलन चर्कियाे, नेत्री क्यारी लामको राजीनामा माग

विराटनगर । अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था सहित कानुन निर्माण गर्ने तयारी भएपछि हङ्‌कङमा आन्दोलन चर्किएको छ ।  प्रदर्शनकारीहरूले हङ्‌कङमा सडक कब्जा गरिरहेका छन् ।

बिधेयक विरुद्ध लाखौ सर्बसाधरण सडकमा उत्रिएपछि विधेयक स्थगित गर्ने घोषणा गरिएको छ । विधेयकको विरोधमा आइतवार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए । संख्या २० लाख भएको पुष्टि भएमा त्यो हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ।

हङ्‌कङका अभियुक्तलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको विधेयकका कारण आन्दोलन चकिएको हो । आइतवार ठूलो प्रदर्शन भएपछि थुप्रै प्रदर्शनकारीहरूले सडकमै रात बिताएका थिए ।

प्रदर्शन चर्किएपछि हङ्‌कङका अधिकारीहरूले सुपुर्दगी विधेयकलाई स्थगन गरिएको जानकारी दिएका छन् । तर त्यो फिर्ता लिइनु पर्ने प्रदर्शनकारीहरूको अडान छ । आइतवारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो । बुधवार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही मानिस घाइते भएका थिए। शनिवार लडेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो। उनको सम्मानमा धेरै प्रदर्शनकारीहरूले सेतो फूल बोकेका थिए।

क्यारी लामको राजीनामा माग

आन्दोलनकारीले हङकङकी नेत्री क्यारी लामको राजीनामा मागेका छन् । हङ्‌कङकी नेत्री क्यारी लामले आइतवार विधेयक प्रस्ताव गरिएकोमा क्षमायाचना गरेकी थिइन्। तर हङ्‌कङमा चिनियाँ प्रभाव बढ्ने चिन्ता व्यक्त गरिरहेका प्रदर्शनकारीहरू उनले राजीनामा माग गरेका हुन्। बीबीसीको सहयोगमा

प्रतिक्रिया

Loading...