fbpx

एसईईको नतिजा असार १५ भित्र

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार १५ गते भित्र सार्बजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको लिएको परीक्षाको परीक्षाफल असार दोस्रो साता भित्र सार्बजनिक गर्ने तयारी गरेको हो ।

गत वर्ष एसईईको नतिजा असार ९ गते सार्बजनिक भएको थियो । तर परीक्षाका क्रममा प्रदेश २ मा प्रश्नपत्र आउट भएपछि नतिजा सार्बजनिक गर्न ढिलो भएको हो ।

गत चैत १० मा भएको एसईईमा नियमित तर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागि थिए । परीक्षा बोर्डले देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरी नम्बर इन्ट्रीको काम गरिरहेको जनाएको छ । धमाधम नम्बर इन्ट्रीको काम भइरहेकाले असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने योजना रहेको बोर्डले जानारी दिएको छ ।

प्रतिक्रिया

Loading...