fbpx

प्रदेश १ को बजेट प्रति कांग्रेसकाे प्रतिक्रिया : प्रचारमुखी मात्र

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रूपैयाँको बजेट सार्बजनिक गरेको छ । सडक पूर्वाधार, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्बजनिक गर्दा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले भने बजेट प्रचामुखी भएको प्रतिक्रिया दिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बजेट प्रचारमुखी भएको बताए । आधिकांश कार्यक्रम मुख्यमन्त्रीसँग जोडेर प्रचार गरिएको उनको गुनासो छ । विपद व्यवस्थापन र सडक पूर्वाधारमा मुख्यमन्त्री कार्यक्रम नाम जोडिरहन आवश्यक नरहेको उनको भनाई छ ।

‘महत्वपूर्ण विषयमा बजेट विनियोजन कम भएको छ ।’ उनी भन्छन् ‘ पहाडमा पहिरो तराईमा बाढीको समस्या छ । तर विपदको शीर्षकमा बजेट तोकिएको छैन् ।’सरकारले सार्बजनिक गरेको बजेट पढ्नकालागि र ताली पड्काउन उपयुक्त भएपनि प्रदेश विकासका योजनालाई स्थापित तर्फ केन्द्रित नभएको बताए ।

सत्तापक्ष संसद बुद्धीकुमार राजभण्डारी सरकारले सार्बजनिक गरेको बजेट विकासमुखी रहेको बताउँछन् । जनताको चाहाना अनुसार पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्बजनिक गरिएको बताउँदै उनले सरकारले राम्रो बजेट ल्याएको बताए । प्रदेशसभा सदस्यहरुलाई ५० लाखका दरले बजेट विनियोजन गरी सरकारले राम्रो काम गरेको उनको भनाई छ ।

कार्यान्यनमा निजी क्षेत्रको आशंका
सरकारले सार्बजनिक बजेटको कार्यान्यन पक्ष कमजोर भए उपलब्धी नहुने निजी क्षेत्रले बताएको छ । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले प्रदेश सरकारले ल्याएको बजेट राम्रो भएपनि कार्यान्यन नभए प्रतिफल नआउने बताउँछन् । चालु आर्थिक वर्षका बजेट कार्यन्यन हुन नसकेको उनले बताए ।

सबै क्षेत्रलाई समेटेर ल्याइएको बजेट कार्यन्यन हुन सके जनताले राम्रो प्रतिफल पाउने उनको भनाई छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बजेटले सबै क्षेत्रलाई समेटेको बताए ।

प्रतिक्रिया

Loading...