fbpx

सात प्रदेशकाे बजेट वक्तव्य : कुन प्रदेशमा कति बजेट ?

सबैभन्दा बढी प्रदेश ३, कम बजेट सुदूरपश्चिमकाे

काठमाडाैं । सात प्रदेशका सरकारले  आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ कालागि  बजेट सार्बजनिक गरेका छ्न् ।  असार १ गते बजेट वक्तब्य जारी गर्नुपर्ने संवैधानिक प्रावधान भएका कारणा आज एकै दिन सात प्रदेशले बजेट सार्बजनिक गरेका हुन् ।

सात प्रदेशले सार्बजनिक गरेकाे बजेट मध्ये सबै भन्दा बढी प्रदेश ३ काे छ भने सबै भन्दा कम सुदुरपश्चिम प्रदेशकाे छ ।  सात प्रदेश मध्ये प्रदेश १ सरकारले सार्बजनिक गरेकाे बजेट दाेस्राे ठूलाे बजेट हाे  ।

प्रदेश १ 

आइतबार प्रदेशसभामा प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले  ष ०७६र७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारकाे बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले कृषि, पूर्वाधार, पर्यटन राेजगारीका क्षेत्रलाइ प्राथमिकतामा राखेकाे छ ।

प्रदेश २

आइतबार ढिलाे गरी सुरू भएकाे प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७६–७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरे ।  चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजारको बजेट प्रस्तुत गरिएकाे छ । वितीय व्यवस्थातर्फ २० करोड बजेट विनियोजन भएकाे छ ।

प्रदेश ३

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि ४७ अर्ब ६० कराेड ७८ लाख ८६ हजारकाे बजेट प्रस्तुत गरेकाे छ ।  प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट चालु आथिक वर्षकाे भन्दा १२ अर्ब रुपैयाँ बढी हो । बजेटमा  चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार र पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार विनियाेजन गरिएकाे छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६–०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकाे छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ र पूँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ विनियाेजन गरेका हुन् । बजेटमा पूर्वाधार, पर्यटन, कृषि, उर्जा, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा विषयलाइ प्राथमिकतामा राखिएकाे छ ।

प्रदेश ५

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षकालागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख र चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख रकम विनियोजन गरेका हुन्  । प्रदेश ५ काे प्राथमिकताका क्षेत्रपनि पूर्वाधार र कृषि प्राथमिकतामा छन् ।

कर्णली प्रदेश

कर्णली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाखको बजेट प्रस्तुत गरेे । जसमा पुँजीगततर्फ ६१ दसमलव ९८ प्रतिशत र चालुतर्फ ३८ प्रतिशत विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट  आइतबार  प्रस्तुत गरेको छ । बजेटमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार  छ ।

प्रतिक्रिया

18 + five =

Loading...