fbpx

कसको करण तौल बढाउदै छिन् आलिया

विराटनगर ।
संजय लिला भन्सालीको निर्माणमा तयार हुन लागेको फिल्म ‘इन्शा अल्लाह’ मा बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टले पहिलो पटक एउटै फिल्ममा काम गर्ने भएका छन् । यस चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिदै छन् ।

आलिया दुब्ली भएको कारण चलचित्रको घोषणा भए पछि देखि नै आलिया र सलमानको जोडीको विषयमा धेरै हल्ला पनि भएको थियो । उनीहरु बीचको उमेर अन्तर नमिल्ने र उनीहरुको जोडी नसुहाउने भनेर धेरैले बताएका थिए ।

सलमानले आफूसँग आलियाको जोडी नसुहाउने भन्ने हल्ला सुन्ना साथ निर्देशक भन्सालीलाइ भनेर आलियालाई तौल बढाउन सुझाएका छन् । सलमानले आलिया उनको छेउमा निकै दुब्लो र सानी देखिने भएको कारण आफुले तौल घटाउन नसक्ने भएकाले आलियालाई तौल बढाउन भनिदिन संजयलाई आग्रह गरेका थिए ।

सलमानको यस आग्रहलाई मान्दै आलियाले तौल बढाउन सुरु गरेकी छिन् । तर, निर्माण टिमले चलचित्रको कथाबस्तु उमेर अनुसारको भएको कारण सलमान र आलियालाई चलचित्रमा लिएको बताएको थियो ।

सलमान अहिले ‘दंबग ३’को छायांकनमा व्यस्त रहेका छन् । ‘दबंग ३ुको छायांकन सकिएपछि सलमानले ‘किक २’को छायांकनलाई समय दिनेछन् र ‘किक २’को छायांकन सकिए पछि मात्र उनले ‘इन्शाअल्ला’को सुटिङ सुरु गर्ने बताएका छन् ।

फिल्म २०२०को इदमा प्रदर्शनमा आउने तय भएको छ ।

Loading...