fbpx

फेरी घट्यो पेट्रोलियम पदार्थको मुल्य

विराटनगर ।

नेपाल आयल निगमले फेरी पेट्रोलिय पदार्थको मुल्य घटाएको छ । निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको हो । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

घटेको मुल्य अनुसार उपत्यकामा नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा भएको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको गोइतले जानकारी दिए ।

प्रतिक्रिया

Loading...