fbpx

‘लाल सिंह चड्ढा’मा आमिरकी श्रीमती बन्दै करिना

विराटनगर ।  बलिउडका चर्चित अभिनेता आमिर खान अहिले आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’मा ब्यस्त रहेका छन् । आमिरले आफ्नो जन्मदिनको अवसर पारेर यस फिल्मको घोषणा गरेका थिए । अहिलेसम्म फिल्मको कलाकारहरुको छनोटमा काम भइरहेको छ ।

कलाकार खोज्ने क्रममा फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा अभिनेत्री करिना कपुरको इन्ट्री भएको छ । केही दिन अगाडि मात्र उनी ‘लाल सिंह चड्ढा’मा अनुबन्ध भएको खुलासा भएको छ । यसबारेमा आमिर तथा निर्माण टिमले कुनै जानकारी दिएका भने छैनन् ।

फिल्म ‘लाल सिंह चड्ढा’ मा करीनाको निकै महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । उनी यस फिल्ममा आमिरको श्रीमतीको भूमिकामा प्रस्तुत हुन भएकी छिन् । यी दुईले यस अघि फिल्म ुतलासु र ुथ्री इडियटु मा पनि सँगै काम गरिसकेका छन् ।

यो फिल्म हलिउड स्टार टम ह्याक्सको फिल्म ‘फरेस्ट ग्याम्प’ को हिन्दी रिमेक हो । यो फिल्मले अस्कार अवार्ड समेत जितेको थियो । केही दिनमा फिल्ममा करीनाको प्रवेश तथा अरु कलाकारहरुको खुलासा गर्दै निर्माण टिम फिल्मको छायांकनको तयारीमा छ ।

करीना अहिले फिल्म ‘अंग्रेजी मीडियम’ छायांकनका लागि लण्डनमा ब्यस्त रहेकी छिन् । यसपछि उनी डान्स इंडिया डान्स मार्फत टिभी शोमा डेब्यु गर्दै छिन् ।

प्रतिक्रिया

four × two =

Loading...