fbpx

विराट व्यापार संघमा नयाँ नेतृत्व

विराटनगर ।

विराट व्यापार संघको अध्यक्षमा सुजन थापा निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराट व्यापार संघको १० औं साधारण सभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा जितेन्द्र गोल्छा, उपाध्यक्षमा नरेश खत्री, प्रमोद जिन्दल, महासचिवमा चन्द्रप्रसाद अधिकारी, उप– महासचिवमा प्रविण अग्रवाल र कोषाध्यक्षमा सुनिल कर्ण निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा अमित सिंघल, अविशेक अग्रवाल, सरद श्रेष्ठ, निरज श्रीवास्तव, अंशु बंजरा, लीलानाथ अधिकारी(संतोष), मुकेश बुढाथोकी र गोपाल अग्रवाल निर्विरोध निर्वाचित भए । शुक्रबार सम्पन्न संघको साधारणसभाबाट उनीहरु निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Loading...