fbpx

प्रनेश फेरी हिरासतमा

काठमाडौं ।

युट्युबर प्रनेश गौतमलाई प्रहरीले फेरी पक्राउ गरेको छ । उनी अहिले पनि प्रहरी हिरासतमा छन् । नेपाली चलचित्र ‘वीरविक्रम–२’ को हास्यपारामा समिक्षा गरेका उनलाई प्रहरीले जेठ २४ गते पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर अपराधको मुद्दा लगाइएको छ । तर फिल्म समिक्षा गर्दा पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि उजुरीकर्ता निर्देशक मिलन चाम्स आफैंले पत्रकार सम्मेलन गरेर छुटाउन पहल गर्ने शुरु गरेको बताएका थिए । त्यसपछि प्रनेशलाई प्रहरीले बिहीबार राति बजेर उनी हाजिरी जमानीमा छोडेको थियो । तर शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनीलाई पुनः हिरासतमा लिइयो ।

सरकारको वकिलको कार्यालयले मध्याह्न १२ बजेरि मात्र मुद्दा दर्ता गर्यो । उनको मुद्दामा बहस हुन नसकेपछि प्रहरीले हिरासतमा लिएको हो ।

प्रतिक्रिया

Loading...