fbpx

सिमेन्ट उद्योगमा दुर्घटना हुदाँ तीन भारतीय कामदारको मृत्यु

दाङ ।

दाङमा एक सिमेण्ट उद्योगको निर्माणाधिन प्लान्ट भत्किदाँ तीन भारतीय कामदारको मृत्यु भएको छ । लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको निर्माणाधीन प्लान्ट भत्किँदा तीन मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत झारखन्डका ४५ वर्षीय मंगल केस्यव, ४६ वर्षीय लाल साहेव र २२ वर्षीय दयाल हरेन्द्र रहेका छन् । शुक्रबार राति २ बजे निर्माणको काम भैरहेको बेला प्लान्टको छैठौं तलाको छत भत्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था सामान्य छ । गम्भीर घाइते नरेन्द्र साइदेन र अजय हरेन्द्रको बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे जानकारी दिए ।

प्रतिक्रिया

7 − five =

Loading...