fbpx

फ्रान्समा केवलकारको मज्जा लिदै प्रधानमन्त्री

फ्रान्स ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले विभिन्न पर्यटकीय स्थान घुमघाममा छन् । बेलायतको लण्डनबाट रेल चढेर फ्रान्सको पेरिस हान्निएका प्रधानमन्त्री ओलीले शुक्रबार फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रमा केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीले शामोनीमा रहेको उच्च प्रविधिको केबुलकार चढेर हिमाली पर्यटनको अवलोकन गरेको हो । यरोपको ठुलो हिमालको काखमा रहेको शामोनी शहर फ्रान्स, इटाली र स्वीट्जरल्याण्डको सीमानामा पर्छ ।

यसक्षेत्रमा स्की एवं हिउँमा गएर चिप्लेटी खेल्नका लागि पूर्वाधारहरुको विकास गरिएको छ । हिमाल आरोहणमा जाने नेपालका शेर्पाहरु पनि त्यहाँ स्कीको तालिम लिन जाने गरेका छन् ।

फ्रान्स पुगेर प्रधानमन्त्रीले हिमाली पर्यटनको मज्जा लिदै पहिलोपटक सन् १९५० जून ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोगको समेत प्रसंशा गर्न भ्याए । उनी हिमाली क्षेत्र शामोनी–मो ब्लाक नगरपालिकाका पुर्व मेयर हुन् ।

सोही नगरपालिकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा शुक्रबार दिउँसो एक कार्यक्रमसमेत आयोजना गर्‍यो ।

पर्वतारोहण गतिविधिका लागि प्रशिद्ध फ्रान्सको हिमाली क्षेत्र शामोनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हर्जोगको सम्झना गरे ।

कार्यक्रममा शामोनीका मेयर एरिक फुर्नियमार्फत प्रधानमन्त्री ओलीलाई त्यहाँ बनेको आइस एक्स उपहार दिइयो ।

प्रतिक्रिया

Loading...