fbpx

नेपाल र युएईबीच श्रम सम्झौता, कामदार लैजादाको खर्च रोजगारदाताले व्यहोर्ने

काठमाडौं । नेपाल र यूएईबीच दाेस्राे पटक श्रम सम्झाैता भएकाे छ । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रमका नेपाल र युएईबीच पून श्रम सम्झौता भएको हो ।

सम्झौता अनुसार कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने खर्च रोजगार दाताले नै व्योहोर्नेछन् ।  पून भएको सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालको चौथो ठूलो श्रम गन्तव्यका रुपमा रहेको युएईसँग नेपालले सन् २००७ मा श्रम समझदारी गरेको थियो । सम्झौता अनुसार कामदारको छनोट, भर्नाका सन्दर्भमा लाग्ने लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने छ ।

Loading...