fbpx

मनकारी अमिताभ बच्चन, तिरिदिए २१ सय किसानको ऋण

एजेन्सी । विश्वचर्चित भारतीय अभिनेता अभिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिएका छन् । बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेका  बिहारका २१ सय किसानको ऋण तिरिदिएका हुन् ।

आफ्नो व्लग मार्फत उनले जनतासँग गरेको बाचा पुरा गरेको बताएका हुन् । ‘जुन वाचा गरेको थिएँ, त्यसलाई पूरा गरेको छु।’ उनले भनेका छन् ‘ बिहारका जुन किसानमाथि लोन थियो, ती मध्ये २१ सय किसानको लोन चुक्ता भएको छ ।’

लोनको रकम वन टाइम सेटलमेन्टको माध्यमबाट चुक्ता गरिएको उनले बताएका छन् । अमिताभले यस अघि पनि विपन्न किसानको ऋण तिरिदिएका थिए । गत वर्ष उनले उत्तर प्रदेशका एक हजार भन्दा बढी किसानको ऋण तिरिदिएका थिए।

अमिताभले ऋणा चुक्ता गरिएका मध्ये केहीलाई आफ्नो निवास जनक बंगलामा बोलाएर  श्रीमती श्वेता र छाेरा अभिषेक बच्चनकाे हातबाट ऋण चुक्ता भएकाे कागज हस्तान्तरण  गरेका थिए ।

प्रतिक्रिया

Loading...