fbpx

लिचीका कारण भारतमा ४७ बालवालिकाको ज्यान गयाे

एजेन्सी । मौसमी फल लिची खाएका कारण  भारतको विभिन्न स्थानमा ४७ जना बालबालिकाको मृत्यु भएको छ। भारतको बिहारका स्वास्थ्य अधिकारीहरूले जानकारी गराए अनुसार पछिल्लो तीन सातामा ४७ जना बालवालिकाको ज्यान गएको हो ।

लिचीका कारण ज्यान गुमाएका बालवालिकाहरुकामा सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो । धेरै लिची खाएका बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको चिकित्सकहरुले बताएका छन् ।

विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारका अनुसार मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो । मृत्यु हुने बालवालिकाहरुमा सोही क्षेत्रका बढी छन् । अन्तर्राष्ट्रिय विज्ञहरूको भनाई उदृत गर्दै उनले लिचीको रसायन कलेजोमा गएर बस्ने र तापक्रम बढेपछि बाहिर निस्कन्छ । मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना भएको बताइएको छ । चिकित्सकले धेरै लिची नखान पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया

Loading...