fbpx

दिउँसो बढेको भाडादर साँझपरेपछि फिर्ता

काठमाडौं ।

प्रधानमन्त्री कार्यालयको चासोपछि दिउँसोदेखि बढेको यातायातको भाडादर साँझ पर्नसाथ फिर्ता भएको छ । सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको हो।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेसंगै देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिएको भएपनि साँझ पर्नसाथ फिर्ता गरिएको हो । यतायातको भाडादर थप छलफल गरि निर्धारण गर्न भन्दै हाललाई स्थगित गरिएको यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले बताए ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको आलोचना हुने डरका कारण भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतले जनाएको छ ।

बढेको भाडादर असार १ गतेबाट लागु हुने र भाडा बृद्धि मालबाहक र यात्रुबाहक दुवैकोलागि भएको थियो । भाडादर १० देखि १२ प्रतिशतसम्म बढाइएको थियो ।

प्रतिक्रिया

Loading...