fbpx

‘डन ३’मा शाहरुख आउट, रणवीर कपूर डन बन्ने

विराटनगर,
डनको तेस्रो सिक्वेल ‘डन ३’ निर्माण हुने तयारीमा रहेको छ । यसको दुई सिरिजमा अभिनेता शाहरुख खानले मुख्य भूमिका निर्वाह गर्दै आएका हुन् । तर, यसपटक भने शाहरुखले ‘डन ३’लाई अस्वीकार गरेको खबर सार्वजनिक भएको छ ।

शाहरुख अभिनित फिल्म ‘जीरो’को असफलतापछि उनले अत्यन्तै रोजेर मात्र फिल्म लिन थालेका छन् । यही कारण शाहरुखले धेरै फिल्मको अफरलाई इन्कार गर्दै आएका छन् । भारतीय मिडियाका अनुसार शाहरुखले आफ्नो निजी कारण बताउँदै फिल्म छोडेका खबर छ ।

जोया अख्तर प्रोडक्सन नयाँ हिरोको खोजीमा छ । फिल्ममा डन बन्नको लागि अभिनेता रणवीर कपूरलाई अफर गरिएको छ । रणवीर पनि यस अफरमा सकारात्मक देखिएको बुझिन्छ । रणवीरलाई ’डन’को पहिलो सिरिजमै अफर गरिएको थियो । तर , त्यस समयमा उनले डन बन्न स्वीकारेका थिएनन् ।

अहिले पनि रणवीरले फिल्म गर्ने वा नगर्ने भनेर निर्णय गरेका छैनन् । फिल्मको निर्माण टिमले पनि यसबारे केहि खबर सार्वजनिक गरेको छैन । फिल्मलाई फरहान अख्तरले निर्देशन गर्ने भएको छ ।

शाहरुखसँगै यो फिल्ममा अघिल्ला २ फिल्ममा हिरोइनको भूमिका प्रियंका चोपडाले निभाउँदै आएकी हुन् । यस सिरिजमा भने प्रियंकाको ठाउँमा अभिनेत्री कटरिना कैफलाई फाइनल गरिसकेको चर्चा छ ।

प्रतिक्रिया

Loading...