fbpx

म मेस्सीका लागि भएपनि कोपा अमेरिका जित्न चाहान्छु : अगुएरो

एजेन्सी,
अर्जेन्टिनाका स्टार खेलाडी सर्जियो अगुएरोले आफ्ना टिममेट लियोनल मेस्सीका लागि भएपनि कोपा अमेरिका कप जित्ने चाहेको बताएका छन् । ब्राजिलमा आयोजना हुन लागेको कोपा अमेरिका कपको तयारीमा रहेको अगुएरोले हालै दिएको एक अन्तवार्तामा यस्तो बताएका हुन् ।

कोपा अमेरिका आउँदो शनिबारबाट सुरु हुँदैछ । उक्त कपको उपाधि दाबेदार तथा साबिकको विजेता अर्जेन्टिना समूह ‘बी’मा रहेको छ । उसको प्रतिद्वन्द्वी राष्ट्रको रूपमा कोलम्बिया, पराग्वे र कतार रहेका छन् ।

यसपटकको कोपा अमेरिकाको उपाधि जित्ने योजनासहित अर्जेन्टिनाले तयारी गरिरहेको छ । यस्तै इंसिग्ल क्लब म्यानचेष्टर सिटीका अगुएरोले आफू कोपा अमेरिकाको उपाधिको लागि जस्तोसुकै योगदान दिनका लागि तयार रहेको उनले बताए ।

उनले भनेका छन्, ‘म आफ्ना लागि भन्दा पनि लियोका लागि जित्न धेरै उत्साहित छु, किनकी, मेस्सी उनी लामो समयदेखि देशका लागि खेलिरहेका छन् । म कामना गर्छु कि, हामी जितेरै छोड्नेछौं । हामी यसपटक उत्कृष्ट दिनेछौँ ।’

‘म एकदम फिट छु,’ उनले थपे, ‘मैले यस सिजन राम्रो तरिकाले सकाएँ । म घाइते पनि छैन र मैले जसरी सिटीका लागि खेलेँ उसरी नै अर्जेन्टिनाको लागि खेल्नेछु ।

प्रतिक्रिया

Loading...