योनीबाट सेतोपानी बग्ने समस्याले सताएको छ ? यो पढ्नुस्

धेरैजसो महिलाहरुलाई महिनावारी हुने समयमा लगातार सेतोपानी बग्ने समस्याले सताएको हुन्छ । धेरै महिलालाई यस्तो समस्या भएको बेला डाक्टर कहाँ जान लजाउने भएकाले यस समस्याको उपचार हुन सक्दैन ।

महिलाहरुमा देखिने विभिन्न स्वास्थ्य समस्या मध्येको ‘योनीबाट सेतोपानी बग्ने’ समस्यालाई कतिपय महिलाहरुले सामान्य रुपमा लिएका हुन्छन् । सेतोपानी बग्दैमा आत्तिइहाल्नु पर्ने चै हुँदैन । तर, गनाउने सेतोपानी बग्छ भने चाहिँ स्वास्थ्य परीक्षण गराइ हाल्नुपर्ने हुन्छ ।

महिलाको भित्र फूल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले सेतोपानी बग्नु सामान्य प्रक्रिया हो । यदि, सेतोपानी बग्दा पोल्दैन, दुख्दैन, वा गनाउँदैन भने यो सामान्य हुने गर्छ । तर, सेतोपानी जाँदा साह्रै गन्हाउँछ वा प्याड नै लगाएर हिडँनुपर्ने अवस्था आएमा वा चिलाउने तथा पोल्ने भयो भने हामीले सतर्क भएर बेलामा उपचार गराउनु पर्दछ ।

कहिलेकाहीँ पाठेघरको भित्र नै ट्युमर वा क्यान्सर भएको खण्डमा सेतोपानी बगेको पनि हुने सम्भावना हुन्छ । तीस वर्षभन्दा माथि पुगेको महिलामा यो समस्या देखापरे तुरुन्तै पाठेघरको मुखको जाँच गर्नु पर्छ । डाक्टरलाई देखाउँदा सामान्य रहेको नतिजा आएमा सेतोपानी पछि गएर आफैँ रोकिएर जान्छ ।

यस्ता समस्याबाट बच्न हामीले सरसफाइमा एकदम ध्यान दिनुपर्ने हुन्छ । यस्तो समस्या आएमा आफैँले घरायसी उपचार अपनाउनुभन्दा पनि स्त्री रोग विशेषज्ञकोमा गइ उपचार गराउनु पर्छ ।

Loading...