fbpx

सलमानको ‘दबंग ३’मा धर्मेन्द्र पिता

विराटनगर,
बलिउडका सुपरस्टार अभिनेता सलमान खानको ’भारत’ले बक्स अफिसमा हिट भएपछि अहिले आफ्नो नयाँ फिल्म ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ । आउँदो क्रिसमसलाई लक्षित गर्दै डिसेम्बर २५मा ‘दबंग ३’ प्रदर्शनमा आउने भएको छ ।

सलमानको यस सिक्वेल फिल्ममा बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको इन्ट्री भएको छ । भारतीय मिडियाका एक खबरअनुसार, ‘दबंग ३’ धर्मेन्द्रले सलमान खानको पिताको भूमिका निर्वाह गर्ने पक्का भइसकेको छ ।

यसअघि दुवै सिरिजमा सलमानको पिताको भूमिकालाई निर्वाह गर्दै आएका अभिनेता विनोद खन्नाको निधन भएपछी सलमानले उनका नजिकका धर्मेन्द्रलाई अफर उक्त रोल गरेका हुन् । सलमान र धर्मेन्द्रले पहिला ‘प्यार किया तो डरना क्या’मा स्क्रिन शेयर गरिसकेका छन् ।

प्रभु देवाले निर्देशन गरिरहेका ‘दबंग ३’ लाई अरबाज खानले निर्माण गरिरहेका छन् । उक्त फिल्ममा सलमान खानका साथ धर्मेन्द्र, सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खानलगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्ममा पछिल्लोसमय समस्यामा परेका किसानले भोगिरहेको समस्याको समाधान चुलबुल पाण्डेले गर्ने भएका छन् । फिल्मको आइटम गीतका लागि मौनी रोयलाई फाइनल गरिएको छ । साथै फिल्ममा अभिनेता शाहरुख खानको इन्ट्री हुन सक्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया

Loading...