fbpx

सार्वजनिक भयो प्रिमियर लिगको खेलतालिका, पहिलो खेलमा लिभरपुल र नर्विच भिड्ने

एजेन्सी,
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार दिउँसो सन् २०१९÷२० को सिजनको खेलतालिका सार्वजनिक भएको हो ।

प्रिमियर लिगको नयाँ सिजनको खेल अगस्त ९ बाट सुरु हुँदैछन् । जहाँ, कूल ३ सय ८० खेलहरु हुनेछन् । प्रिमियर लिगको खेलतालिका अनुसार अगष्ट १० मा विभिन्न सात खेल हुनेछन् ।

त्यसभन्दा अगाडि अगष्ट ९ मा लिगको उद्धाटन खेल हुनेछन् । जहाँ, लिभरपुल र नर्विच सिटीले खेल्नेछन् । नर्विच बढुवा भएको टोली हो । यो खेल लिभरपुलको मैदानमा हुनेछ ।

यस्तै अगष्ट ११ मा १ खेल मात्र हुनेछ । जहाँ, न्यूकासलले आर्सनलसँग खेल्नेछ । यस्तै अगष्ट १७ मा दोस्रो साताका खेलहरू हुनेछन् । अगष्ट १७ मा दोस्रो साताका सबै खेल हुनेछन् ।

यसैगरी तेस्रो साताका खेलहरू अगष्ट २४ मा हुनेछन् । जहाँ, सबै १० खेल नै हुनेछन् । चौथो साताका खेल भने अगष्ट ३१ मा हुनेछन् । अगष्ट ३१ मा पनि लिगका सबै १० खेल नै हुनेछन् ।

प्रतिक्रिया

Loading...