‘ग्रिजम्यानले बार्सिलोनाबाट खेल्नेछन्’

एजेन्सी,
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्टार खेलाडी तथा विश्वकप विजेता टोली फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान बार्सिलोना जाने चर्चा चलिरहेकै छ । केही समयअघि नै एथ्लेटिकोबाट बिदा लिएका उनलाई भित्र्याउन बार्सिलोना पनि तयार रहेको बताइएको छ ।

खबरका अनुसार ग्रिजम्यानलाई ला लिगाको प्रतिद्वन्द्वी क्लब बार्सिलोनाले १ सय २० मिलियन युरोको तिर्न तयार भएको पनि बताइएको छ । यस्तैमा एथ्लेटिको मड्रिडका सिइयो एन्जल मिगेल गिल मारिनले आफ्ना स्टार खेलाडी एन्टोइनज ग्रिजम्यान बार्सिलोनामा अनुबन्ध हुने बताएका छन् ।

उनले ग्रिजम्यानको भविष्यका बारेमा बोल्दै भनेका छन्, ‘ग्रिजम्यानको गन्तब्य नै बार्सिलोना हो । हामीले पछि मात्र थाहा पायौं कि उनी बार्सिलोना जाने उद्देश्यमा छन् । उनी मार्चदेखि नै यसका लागि सही समय कुरेर बसेका छन् ।’

यस्तै ग्रिजम्यानमाथि इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको पनि छ । ग्रिजम्यानलाई क्लबमा ल्याउन युनाइटेडले तयारी गरिरहेको बताइएको छ । यस सिजन युनाइटेड आफ्ना केही खेलाडी बेच्दै नयाँ खेलाडी ल्याउने योजनामा रहेको बताइएको छ ।

मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले रोमेलु लुकाकु र एलेक्सिस सान्चेजलाई बेच्दै नयाँ खेलाडी ल्याउने योजनाअन्तर्गत क्लबको नजरमा ग्रिजम्यान परेको बताइएको छ ।

Loading...