७४ वर्षकी महिलाको भूमिकामा श्रद्धा कपुर

विराटनगर,
बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर फिल्ममा वृद्धा भएर अभिनय गर्ने भएकी छिन् । मिस ग्रेनी नामक कोरियन ड्रामाको हिन्दी रिमेकमा श्रद्धाले ७४ वर्षकी वृद्ध महिलाको भूमिकामा निर्वाह गर्ने भएकी हुन् ।

यस फिल्मलाई तेलुगु फिल्म निर्माता सुरेश बाबुले निर्माण गर्न लागेका हुन् । कोरियन ड्रामा मिस ग्रेनी सन् २०१४ मा रिलिज भएको थियो । यस कोरियन ड्रामामा ७४ वर्षकी एक महिला फोटो स्टुडियोमा आफ्नो अन्तिम फोटो खिचाउनका लागि गएकी हुन्छिन । तर, एक्कासी उनी रहस्यमय तरिकाले २० वर्षकी युवतीमा परिवर्तन हुन्छिन् ।

यसपछि उनी आफ्नो नातिका साथ एक सांगीतिक ब्यान्ड खोलेर संगीतमा करिअर बनाउन सुरु गर्छिन् । तर, उनको नातिलाई आफू आफ्नै हजुरआमाका साथ काम गरिरहेको कुरा भने थाहा हुँदैन ।

यहि कथामा आधारित भएर यो फिल्मको निर्माण हुने भएको छ । श्रद्धाले यस हिन्दी रिमेकमा मात्र नभएर नीतीश तिवारीको फिल्म ’छिछिरो’मा पनि एक बुढी महिलाको भूमिकामा देखिँने भएकी छिन् । योभन्दा पहिला पनि फिल्म ’हसिना पारकर’मा श्रद्धाले वृद्ध महिलाको भूमिका निर्वाह गरिसकेकी छिन् ।

श्रद्धा अहिले आफ्नो नयाँ फिल्म ’स्ट्रीट डान्सर’ को छायांकनमा व्यस्त रहेकी छिन् । हालै उनि अहमद खानले निर्देशन गर्न लागेको ’बागी’को तेस्रो पार्टमा फेरी पनि अभिनेता टाइगर श्राफ संग अनुबन्धित भइसकेकी छिन् । यी दुईको छायांकन पछि मात्र श्रद्धाले यी दुई फिल्मलाई समय दिने भएकी छिन् ।

Loading...