fbpx

एन्टिवायोटिकको अधिक प्रयोग र दुरुपयोगले निम्त्याउन सक्छ समस्या

एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ । एन्टिबायोटिकलाई विभिन्न रोग निको पार्नको लागि खाइने गरिन्छ । हिजोआज विभिन्न किसिमका एन्टिबायोटिक बजारमा सजिलै संग उपलब्ध छन् । कुनै पनि समन्य बिरामी पर्दा समेत अस्पतालमा चिकित्सकहरुले लेख्ने प्रेस्किप्सनमा ५० प्रतिशत एन्टीबायोटिक्स लेख्ने गरेका हुन्छन ।

एन्टिबायोटिक औषधिको कोर्स पुर्याएर सेवन गर्नु अनिवार्य हुन्छ । बिरामीहरुले आफुलाई निको भएको महसुस गरेपछि कोर्स नपुग्दै बिचमै एन्टिबायोटिक खान छोड्ने गर्छन् । यसले रोग निको पार्नु भन्दा पनि हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । एन्टिबायोटिक औषधिको डोज पूरा नगरे स्वास्थ्यमा पर्ने विभिन्न असरहरुबारे चिकित्सकहरुले पनि राम्रोसँग बुझाउन नसक्दा लापरबाही झनै बढ्दै गएको पाइन्छ ।

यसका साथै रोग निको भएन भनेर एन्टिबायोटिकको अधिक मात्रामा पनि प्रयोग गर्नु हुदैन । यसरी चिने भन्दा धेरै एन्टिबायोटिकको सेवन गरेमा यसलेले बिरामीको शरीरमा रोग बिरुद्ध काम गर्न छोडिरहेको छ । दिनहु केहि न केहि कारणले एन्टिबायोटिकहरुले मानिसको शरीर भित्र प्रवेश पाइरहेको छ ।

सागसब्जी, फलफुल तथा पशुपंक्षीको वृद्धि र विकासका लागि विभिन्न एन्टिबायोटिकको प्रयोग बढिरहेको छ । हामीले यस्तो खानेकुराको सेवन गर्दा जानी नजानी अप्रत्यक्ष रुपमा एन्टिबायोटिकहरु हाम्रो शरीर भित्र प्रवेश गरिरहेका छन् । पछिल्लो समय देखि एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको छ ।

आजकल मानिसहरुले डाक्टरको सल्लाह नलिकन, स्वास्थ्य जाँच नगरीकन एन्टिबायोटिकको प्रयोग गर्ने गरेका छन् । धेरै रोगहरु निको पार्न एउटा अत्यन्तै प्रभावकारी औषधिको रुपमा हेरिएको ‘एन्टिबायोटिक्स’को जथाभावी प्रयोग हुन थाले पछि हाम्रो शरीरमा यिनीहरुको प्रतिरोधी क्षमता पनि विकास हुँदै गएको छ ।

यसरी प्रतिरोधी क्षमता पनि विकास हुँदै जादा हामीलाई जति पनि एन्टिबायोटिक खादा पनि यसले केहि असर नगर्ने हुन्छ । एन्टिबायोटिकले निमोनिया, टिबी, गनोरिया र रक्त समस्या भएका विरामीलाई निको पार्न समस्या आइपरेको छ । एन्टिबायोटिक औषधिको अधिक प्रयोग र दुरुपयोगले अकाल मृत्युको प्रमुख कारण बनिरहेको छ ।

त्यसैले हामीले डाक्टरको सल्लाह बिना जथाभावी एन्टिबायोटिकको प्रयोग गर्नु भनेको आफ्नै शरीरलाई हानी पुर्याउनु हो ।

प्रतिक्रिया

Loading...