प्रिमियर लिगको खेलतालिका सार्वजनिक हुँदै

एजेन्सी,
आज इंग्लिस प्रिमियर लिगको सन् २०१९/२० सिजनको खेलतालिका सार्वजनिक हुँदैछ । अबको केही बेरमा प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक हुँदैछ ।

खेल तालिका दिउँसो पौने दुई बजे हुने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । प्रिमियर लिगको नयाँ सिजनमा कुल ३८० खेलहरु हुनेछन् ।

प्रिमियर लिगको नयाँ सिजनको खेल अगस्त १० बाट सुरु हुँदैछन् । हिजो मात्र प्रिमियर लिगको खेलतालिका लीक भएको थियो । जसअनुसार, सुरु दिन विभिन्न सात खेल हुनेछन् । लिगको उद्धाटन खेलमा टोटनह्याम हटस्पर र नर्विच सिटीले खेल्नेछन् । नर्विच बढुवा भएको टोली हो । यो खेल टोटनह्यामको घरेलु मैदानमा अगष्ट १० मा हुनेछ ।

यस्तै सोही दिन बर्नेमाउथ र सेफिल्ड युनाइटेडले खेल्नेछन् भने क्रिस्टल प्यालेससँग आर्सनल, एभर्टनसँग न्युकासल, साउथहयाम्पटनसँग चेल्सी, वाट्फोर्डसँग वेष्ट ह्यामले तथा बर्नलीले लिभरपुलले खेल्नेछन् । यसैगरी अगष्ट ११ मा भने म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग खेल्नेछ । सोही दिन एस्टन भिल्ला र लेष्टर सिटीले पनि खेल्नेछन् । यसैगरी साबिकको विजेता म्यानचेस्टर सिटीको खेल भने अगष्ट १२ मा हुनेछ । उसले पहिलो खेलमा वुल्भ्सविरुद्ध खेल्नेछ ।

Loading...