विश्वकपमा आज अपराजित यात्रा ‘ब्रेक’ लगाउने खेल हुँदै, भारत र न्यूजिल्यान्ड प्रतिस्पर्धामा

विराटनगर,
इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्रकणको एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भारत र न्यूजिल्यान्डले खेल्दैछन् । आज दुवै टोली आफ्नो विजयी यात्रालाई कायमै राख्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन् ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको न्यूजिल्यान्डले आफ्नो चौथो खेल खेल्दैछ भने भारतले आफ्नो तेस्रो खेल खेल्दैछ । प्रतियोगितामा अपराजित रहेका दुवै टोलीले आज आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्य लिएका छन् । आजको खेलमा न्यूजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजीमा छन् ।

पछिल्लो नतिजालाई मध्यनजर गर्दा भारतभन्दा न्यूजिल्यान्ड बलियो देखिएको छ । यसअघि उसले वार्मअप खेलमा भारतलाई ६ विकेटले हराएको थियो । सोही नतिजा विश्वकपमा पनि दोहोराउन चाहान्छ, न्यूजिल्याण्ड ।

तर, हेड टु हेडमा भने भारत न्यूजिल्याण्ड भन्दा बलियो देखिएको छ । यी दुईदेशबीच कूल १०६ ओडीआई खेल भएकोमा भारतले ५५ खेलमा जित निकालेको छ भने ४५ खेलमा पराजित भएको छ ।

यस्तै एक खेल बराबरीमा सकिएको छ भने ५ खेलको नतिजाविहीन छ । विश्वकपमा भारत र न्युजिल्यान्डबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा न्युजिल्यान्ड ४ पटक विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

नोटिन्घममा हुने यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुँदैछ ।

Loading...