fbpx

मदिराको ह्याङओभर हटाउने उपायहरू

मदिराको नसा जब सकिन्छ, टाउको भारी हुनुका साथै थकान महशुस हुन्छ । यसलाई पिउनु पछिको ह्याङओभर भनिन्छ । कतिलाई उल्टी हुने चक्कर आउने समेत हुने गर्छ । धेरै रक्सि पिएपछि अधिकांसलाई ह्याङओभरको समस्या हुने गर्छ ।

कतिपयलाई त अर्को दिन सम्म पनि दिनभरीनै ह्याङओभरले लठ्याईरहेको हुन्छ । रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यसले गर्दा स्वास्थ्यका साथ साथै दैनिक गर्ने काममा पनि असर परिरहेको हुन्छ ।

मान्छेहरुले ह्याङओभर हटाउनका लागि विभिन्न उपायहरु अपनाउने गर्छन् । सुरुमा त हामीले धेरै रक्सीको सेवन गर्नु हुदैन । ह्याङओभरबाट मुक्ति पाउनका लागि हामीले धेरै मात्रामा पानी पीउने गर्नुपर्छ । पाएमा कागती पानी वा नरिवलको पानी पिउने गर्नु पर्छ ।

रक्सीले शरीरमा ग्लुकोजको मात्रा कम गराउँछ । त्यसैले गोलभेँडाको जुस खाएमा शरीरको आलस्यता हट्नुका साथै ह्याङओभर हटेर जान्छ । काँचो अदुवा अथवा अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ र ह्याङओभर हट्न सक्छ ।

दूध वा दही पिउँदा पनि रक्सीको नशा कम हुन्छ । कागती चाट्दा, अमिलो अचार खादा वा सुन्तलाको रसमा पाइने भिटामिन ’सी’ले चक्कर लाग्न नदिएर रक्सीको नशा उतार्न मद्दत गर्छ । यस्तो बेलामा केरा खानु पनि निकै लाभदायक हुन सक्छ ।

रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने समस्या भएमा तत्कालै मह चाट्नु पर्छ । यसले बिस्तारै ह्याङओभर उतार्ने गर्छ । कोही मानिसहरू ह्याङओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु वा अन्दा खानुपर्ने सुझाउने गर्छन्। हामीले खाली पेटमा रक्सी पिउनु हुदैन ।

यदि यो सबै सामग्री उपलब्ध छैन भने रक्सी धेरै पिएर हुने समस्याबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो ।

प्रतिक्रिया

Loading...