fbpx

रियल मड्रिडका नयाँ खेलाडी जोभिक भन्छन्, ‘रोनाल्डो मेरा आइडल हुन्’

एजेन्सी,
हालैमात्र जर्मन क्लब फ्रांकफ्रटबाट स्पेनिस क्लब रियल मड्रिड आएका लुका जोभिकले क्रिष्टियानो रोनाल्डो आफ्नो आइडल भएको बताएका छन् । फ्रांकफ्रटका पूर्वस्ट्राइकर जोभिकले आफू सानैदेखि रोनाल्डोको फ्यान भएको बताएका हुन् ।

उनले आफू सुत्दा रियलको जर्सी लगाए सुत्ने गरेको र आफ्नो आइडल रोनाल्डो भएको बताएका हुन् । जोभिकले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । सर्बियन स्ट्राइकरले रोनाल्डो एक उत्कृष्ट खेलाडी भएको र उनीबाट आफूले धेरै कुरा सिकेको बताएका छन् ।

उनले भनेका छन्, ‘बच्चैदेखि रोनाल्डो मेरा आर्दश हुन् । उनी एक संसारकै उत्कृष्ट खेलाडी हुन् ।’

रोनाल्डोले हालै आफ्नो राष्ट्र पोर्चुगललाई युइएफए नेशन्स लिगको उपाधि दिलाए । इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका उनले पोर्चुगललाई दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताए ।

उनको कप्तानीमा रहेको पोर्चुगलले नेदरल्यान्ड्समाथि १–० को जित निकाल्दै नेशन्स लिगको उपाधि जित्यो । त्यसअघि पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो । युरो कप जित्दा पनि रोनाल्डोले नै पोर्चुगलको कप्तानी गरेका थिए ।

त्यतिमात्र नभएर रोनाल्डो नेशन्स लिगको सर्वाधिक गोलकता बने । सेमिफाइनलमा उनले गरेको ह्याट्रिक नै सर्वाधिक गोलकर्ता बन्न काफी रह्यो । देशलाई मात्र नभएर सन् २०१८÷१९ को सिजनको बीचमा स्पेनिस क्लब रियल मड्रिडबाट इटाली गएका उनले युभेन्टसलाई दुई उपाधि दिलाए । उनले क्लबलाई घरेलु लिग सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाए ।

प्रतिक्रिया

Loading...