फिल्म ‘८३’ मा रणवीर र दीपिका श्रीमान्-श्रीमती

विराटनगर

बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोणविवाहपछि पहिलो पटक एकसाथ चलचित्रमा देखिने भएका छन् । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ लण्डनमा छायांकन भइरहेको छ ।

यस फिल्ममा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएकी छिन् । फिल्म ‘८३’को छायांकनको लागि दीपिका हालै लण्डन पुगेकी छन् । रोमी भाटियाको भूमिका निभाएकी दिपिकाको फिल्ममा गेस्ट अपियरेन्स हुनेछ ।

१९८३ मा भारतले विश्वकप जितेको कथालाई समेटेर रणवीर र दीपिकासँग एमी विर्क, ताहिर राज भसिन, साकिब सलीम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधू लगायतका कलाकारहरुको अभिनय रहने छ ।

कबिर खानले निर्देशन गर्न लागेको यो फिल्म २०२० अप्रिल १० तारिखमा रिलिज हुने भएको छ । रणवीर र दिपिकाले यस अघी ुगोलियो की रासलीला स् रामलीलाु, ुपद्मावतु र ुबाजीराव मस्तानीु मा एकसाथ काम गरिसकेका छन् ।

Loading...