fbpx

डेंगु रोकथामका लागि गुर्जो र चिराइतो प्रभावकारी (तरिकासहित)

विराटनगर,
महामारी फैलाउने डेंगु रोगबाट बच्नका लागि आयुर्वेदिक जडिबुटी चिराइतो र गुर्जो लाभकारी हुने विज्ञहरुले सुझाएका छन् । गुर्जो र चिराइतोको पाउडर र झोल मात्रात्मक रुपमा सेवन गरेमा डेंगु रोगको महामाहारीबाट बच्न सकिने आयुर्वेद विज्ञहरुले सुझाएका हुन् ।

आर्युर्वेद औषधि (जडिबुटी)का लागि द्रव्यगुण विज्ञ डा. उमेशकुमार मेहताका अनुसार चिराइतो र गुर्जोबाट तैयार गरिएको घरेलु औषधि नियमित सेवन गरेमा शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि भइ डेंगुको सक्रमणबाट जोगिन सकिन्छ ।

भारतको राजस्थानस्थित जयपुर राष्ट्रिय आयुर्वेद संस्थानबाट द्रव्य गुण विज्ञको उपाधि हासिल गरेका डा मेहताका अनुसार भारतमा डेंगु फैलँदा त्यहाँका सरकारले पटक–पटक आयुर्वेद औषधिको प्रयोग गर्दै आएको छ । र, त्यसका लागि सरकारले सेन्टरहरु स्थापना गरेर औषधिहरु पनि भण्डारण गरेर राख्ने गरेको छ ।

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयुर्वेद शाखाका अनुसार आयुर्वेद औषधि प्रयोग गराएर डेंगुलगायतका रोग नियन्त्रण गराउन आवश्यक योजना बनाउने सोच बनाइरहेको छ ।

गुर्जो र चिराइतोबाट औषधि बनाउने तरिका

डा मेहताका अनुसार डेंगु रोकथामका लागि आयुर्वेद घरमै सजिलै बनाउन सकिन्छ । चिराइतो र गुर्जोबाट तैयार गरेको औषधि बढीमा १० दिन नियमित सेवन गर्नुपछ । जस अनुसार ५ ग्राम गुर्जो, २ ग्राम सुकेको अदुवा मिसाएर पाउडर बनाउनुपर्छ । त्यसमा आधा चमच तातो पानीमा हालेर नियमित सेवन गर्न सकिन्छ ।

यसैगरी एउटा गुर्जोको गाँठलाई कुटने, र पानीमा उमालेर थोरै अदुवा राखेर नियमित खाने । यस्तै तुलसीपत्ता १२ वटा सुकेको धनियाँ ५ ग्राम मिलाएर पिस्ने र उमालेर खाने । १० ग्राम गुर्जो र चिराइतो कुटेर मिलाउने । त्यसमा एउटा सानो मेवा पत्ता पनि राख्ने र एक लिटर पानीमा उमाल्ने । पानी उमालेर एक पावा जति बाक्लो बनाउने । त्यो बाक्लो पानी बिहान बेलुका एक–एक चमच सेवन गर्ने ।

प्रतिक्रिया

Loading...