fbpx

फिफा यु २० विश्वकप फाइनल : कोरिया रिपब्लिक र युक्रेन इतिहास रच्ने दाउमा

विराटनगर । फिफा यु २० विश्वकपको उपाधिकालागि कोरिया रिपब्लिक र युक्रेन बिच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल खेलमा इक्वेडरलाई पराजित गर्दै कोरिया रिपब्लिक पहिलो पटक फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गर्दा उपाधि दाबेदार मानिएको दरिलो टोली इटालीलाई पराजित गर्दै युक्रेन फाइनल प्रवेश गरेको हो ।

दुबै सेमिफाइनल खेल मंगलबार राति भएका थिए । दुई टोलीमा जीतमा गोल अन्तरपनि समान १–० छ । पहिलो पटक विश्वकपको फाइनल प्रवेश गरेका दुबै टोली इतिहास रच्ने दाउमा छन् ।

पोल्याण्डमा जारी विश्वकपको उपाधि दाबेदारको रुपमा अर्जेन्टिना र इटालीलाई हेरिएको थियो । तर मालीसँग पराजित हुँदै अर्जेन्टिना अन्तिम १६ बाट घर फर्कदा इटाली पनि युक्रेनसँग पराजित भएपछि सेमिफाइनलबाटै बाहिरियो । उपाधि भिडन्तकालागि पुगेका दुई टोली विश्वकपमा दोबेदारका रुपमा हेरिएकाे थिएन । तर दाबेदार टोलीलाई हार चखाएका यी दुई टोली विश्वकपको उपाधि जितेर एतिहासिक रेकर्ड राख्न चाहान्छन् ।

लयमा रहेको युक्रेनलाई रोक्न कोरियालाई गाह्रो हुनेछ । पछिल्लो समय आफूलाई साबित गरेको कोरिया पनि उच्च मनोबलमा छ ।
फिफाको र्‍याङकिङमा युक्रेन २७ औं स्थानमा छ । कोरिया रिपब्लिक भने ३७ औं स्थानमा छ ।

कोरियालाई एतिहासिक जित दिलाउँदै फाइनल सम्मको यात्रा तय गराउन जे छोइले ३९ औं मिनेटमा गोल गरेका थिए । युक्रेन इटालीलाई १–० गोल अन्तरले परािजत गर्दा ६५ औं मिनेटमा सेरी बुलेस्टाले गोल गरेका थिए ।

दुई टोली बिचको उपाधि भिडन्त जुन १५ तारिकमा हुनेछ ।

प्रतिक्रिया

Loading...