fbpx

दम रोगीले के के खाने ?

विराटनगर ।
दम अर्थात अस्थमा दीर्घ रोग हो । यो रोगीले खानपानमा धेरै नै ध्यान दिनु पर्ने हुन्छ । दमरोगीको सास फेर्दा सक्रिय हुने मांसपेसी विभिन्न कारणले कमजोर हुँदै जाने हुदाँ समस्या पनि बढ्दै जान्छ । खाना खाँदा दम बढ्नु, पाचन प्रणाली कमजोर हुनु, खानामा रुचि घट्न थाल्छ ।

अनि खाना नै कम खाएपछि शरीरमा प्रतिरोधी क्षमता पनि कम हुने नै भयो । यही कारण रोग निको हुन समय लाग्ने हुन्छ । दम रोगबाट चाडै मुक्ति पाउनको लागि बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । खानामा अरुचिका कारण बिरामीमा तौल घट्ने क्रमलाई रोक्न जति खाने हो शक्तिवर्दक खाना खानु उपयुक्त हुन्छ । पर्याप्त खानेकुरा नखादाँ शरीरमा आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा कमजोरीपन हुन्छ ।

तसर्थ, दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानु राम्रो हो । यसैगरी चिल्लो खानेकुरा दम रोगीको लागि आवश्यक हुन्छ । चिल्लो पदार्थको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुन्छ । तर चिल्लो पदार्थ भन्नाले पशुजन्य नभइ वनस्पती तेलको सेवन गर्नु पर्छ । पशुजन्य स्रोतबाट प्राप्त हुने चिल्लो खानेकुरा खानुहुँदैन । जस्तै, बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

दम रोगीहरुको श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसलाई जोड्नको लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ । रसयुक्त खानेकुरा सबै खालका विरामीलाई राम्रो हुन्छ ।

शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । शरीरलाई पानीको मात्रामा कम हुन नदिन प्राय खानेकुरामा नै रस हालेर खाने गर्नु राम्रो हुख्न्छ । प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । तर खानेकुरामा नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया

Loading...