fbpx

हावाहुरीसंगै आएको चट्याङको कारण ३९ घर जले

बाँके ।

बाँकेमा बुधबार हावाहुरीसंगै आएको चट्याङको कारण ३९ घर जलेर क्षती भएको छ । डुडुवा गाउँपालिकामा चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको हुन् । डुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीय पनि जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट शुरु भएको आगोले लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ। घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि भारत लगिएको छ । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ। स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

Loading...