fbpx

ट्रयाक्टर दुर्घटना १ जनाको मृत्यु

सुनसरी ।

सुनसरीको बराह नगरपालिका ८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बुधबार बिहान शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ सहचालक स्थानीय ३२ बर्षीय मोहमद मियाको मृत्यु भएको हो ।

ट्रयाक्टरअनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोलीले च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको हो । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

Loading...