बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

तेह्रथुम ।

तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङबाट १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले बुधबार बिहान दिएको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उजुरी पछि प्रहरी चौकी शुक्रबारे गएको प्रहरी टोलीले स्थानीय २१ बर्षीय पदम रसाईली सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पक्राउ परेका ३ जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...