fbpx

यस्ता छन् औषधिबिना उच्च रक्तचाप घटाउने तरिका

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिन्छ । सामान्य रक्तचाप भनेको १२०र८० हो । माथिल्लो ब्लड प्रेसर १४० अथवा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।

उच्च रक्तचापले बिना कुनै लक्षणले हामीलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ ।

उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुने गर्छ र २० प्रतिशत बिरामी पक्षाघातबाट मर्ने गर्छन । यदि उक्त रक्त चाप भएर औषधी खान थाल्यो भने एस्लाई जीवन भर निरन्तरता दिनु पर्छ ।

त्यसैले हामीले औषधि बिना नै हाम्रो ब्लड प्रेसर कम गर्नु पर्छ । रक्तचापलाई जहिले पनि १३०र८०मा सीमित राख्नुपर्छ । खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपान, मद्यपान को त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोगले रक्तचाप नियन्त्रण गर्छ ।

खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसका साथै हामीले सक्दो दिनको एक ग्लास कागती पानीको सेवन गर्नु पर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । यसका साथै अमला र महको मिश्रणले पनि ब्लड प्रेसर घटाउने गर्छ ।

हामीले पर्याप्त निन्द्रा नपाएको खण्डमा हामीमा तनाव बढ्ने गर्छ । उच्च रक्तचापबाट बच्नका लागि समयमा सुतेर दिनको ७ देखि ८ घण्टा सम्म निन्द्रा पुगाउनु आवश्यक रहन्छ । त्यस्तै संगीत सुन्दा शरीरको तनाब घट्ने गर्छ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्ने गर्छ ।

हरेक दिन ३० मिनेटसम्म योग अथवा जगिंग गर्नुपर्छ । यसले शरीरमा अक्सीजन इन्टेक बढाएर ब्लड सर्कुलेसन ठीक पर्छ र उच्च रक्तचाप घटाउन मद्दत गर्छ । जंक फूड र फास्टफूडबाट हाम्रो प्रेसर बढाउने गर्छ । त्यसैले, यस्ता खानेकुरा सकेसम्म कम खाने गर्नु पर्छ ।

प्रतिक्रिया

Loading...