fbpx

सामाजिक सञ्जालमा भिडियोबाट भाइरल भएकी प्रिया प्रकाश धमाधम बलिउड फिल्म गर्दै

विराटनगर,
सामाजिक सञ्जालमा सुन्दरता र आफ्नो अनुहारको रियाक्सनका कारण चर्चामा आउन सफल भएकी प्रिया प्रकाशले चाँडै नै बलिउडमा डेब्यू गर्दै छिन् । फिल्म ‘श्रीदेवी बंगलो’बाट उनले बलिउडमा डेब्यू गर्दै छिन् ।

गतसाल सामाजिक संजालमा उनको आँखा झिम्काको भिडियो भाइरल भएपछि उनी चर्चामा आएकी हुन् । साथै प्रिया प्रकाश गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न समेत सफल भएकी छिन् । भिडियोले निकै चर्चा पाएपछि उनलाई बलिउडबाट धेरै फिल्महरुका लागि अफर गरिएको थियो ।

त्यसैमध्ये ‘श्रीदेवी बंगलो’बाट उनले बलिउडमा डेब्यू गर्ने भएकी हुन् । फिल्मको छायांकन सकिसकेको छ । यो फिल्मको सुटिङ शुरु हुनुअगावै विवादमा तानिएको थियो । विवादका बीच पनि फिल्मको सुटिङ गरिएको र यस फिल्मको मेकिङ राम्रो रहेको निर्माण टिमले जानकारी दिएको छ ।

क्राइम थ्रिलरमा आधारित रहेको यस चलचित्रको ट्रेलर निस्कने तयारीमा रहेको छ । प्रशान्त माम्बुलीको निर्देशनमा तयार भएको यस फिल्ममा प्रियाका अलावा प्रियांशु चटर्जी, असीम अली र मुकेश ऋषि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आफू अभिनित फिल्मलाई लिएर प्रिया निकै उत्साहित रहेकी छन् । फिल्म चाँडैनै रिलिज हुने भएको छ । पहिलो फिल्म रिलिज नहुँदै प्रियाले अर्को साइबर क्राइममा आधारित रहेको नयाँ फिल्म ‘लव ह्याकर’मा काम गर्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया

Loading...