fbpx

लीक भयो प्रिमियर लिगको खेल तालिका, उद्धाटन खेलमा टोटनह्याम र नर्विचले खेल्ने

एजेन्सी,
इंग्लिस प्रियिमर फुटबलको नयाँ सिजनको खेल तालिका लीक भएको छ । सन् २०१९÷२० को सिजनको खेलतालिका भोलि बिहीबार सार्वजनिक हुने कार्यक्रम रहेतापनि खेल तालिका आजै बाहिरिएको हो ।

लीक भएको तालिकाअनुसार पहिलो दिन सात खेल हुनेछन् । लिगको उद्धाटन खेलमा टोटनह्याम हटस्पर र नर्विच सिटीले खेल्नेछन् । नर्विच बढुवा भएको टोली हो । यो खेल टोटनह्यामको घरेलु मैदानमा अगष्ट १० मा हुनेछ ।

यस्तै सोही दिन बर्नेमाउथ र सेफिल्ड युनाइटेडले खेल्नेछन् भने क्रिस्टल प्यालेससँग आर्सनल, एभर्टनसँग न्युकासल, साउथहयाम्पटनसँग चेल्सी, वाट्फोर्डसँग वेष्ट ह्यामले तथा बर्नलीले लिभरपुलले खेल्नेछन् ।

यसैगरी अगष्ट ११ मा भने म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग खेल्नेछ । सोही दिन एस्टन भिल्ला र लेष्टर सिटीले पनि खेल्नेछन् । यसैगरी साबिकको विजेता म्यानचेस्टर सिटीको खेल भने अगष्ट १२ मा हुनेछ । उसले पहिलो खेलमा वुल्भ्सविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

Loading...