हाम्रो शरीरलाई हानी पुर्‍याउने सुत्ने ३ गलत समय

राम्रो निन्द्राले हाम्रो शरीरलाई आराम दिएर शरीरको विभिन्न अंगहरुलाई सक्रिय राख्न मद्दत गर्छ । हामीले समयमै सुत्ने गर्नुका साथै दैनिक रुपमा ७ देखि ८ घण्टा निदाउनु जरुरी हुन्छ । धेरै जसो हामीलाई निन्द्रा नपुगेर हामी अल्छि हुने गर्छौं ।

समयमा सुतेर निन्द्रा पुगाउँदा थकाइमात्र कम नभइ हाम्रो शरीरमा लाग्ने विभिन्न रोगहरुबाट पनि हामीले छुट्कारा पाउन सक्छौं । हामीले समयमा सुत्नुका साथ साथै बिहान समयमै उठ्ने गर्नु पर्छ । कहिलेकाहिँ हामी दिउँसो, साँझमा पनि सुत्ने गर्छौं । तर, सुत्ने पनि सही समय हुनपर्छ ।

गलत समयमा सुत्नाले हामीलाई अल्छि, थकान, छिट्टै रिसाउने, झर्किने तथा स्वास्थ्यसम्बन्धी रोगहरु हुने गर्छ । हामीले सूर्योदयको समय, दिउँसोको समय र सूर्यास्तको समयमा सुत्नु हुँदैन । सूर्योदयपश्चात पनि हामी धेरै समयसम्म सुत्ने गर्छौं । बिहान छिट्टै नउठ्नेहरु केही कुरामा पनि सन्तुष्ट हुन सक्दैनन् ।

सूर्योदयभन्दा पहिले नउठ्नले हामीले सधैँ मानसिक तनावको सामना गर्नुका साथै हामी लामो उमेरसम्म स्वास्थ्य पनि रहन सक्दैनौँ । बिहानको यो समय स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ । बिहानको यस समयमा ताजा हावामा घुम्नु र व्यायाम गर्नाले कैयौँ रोग निको हुन सक्छ ।

दिउँसोको समय काम गर्नलाई हो, सुत्नलाई होइन । यो समय सुत्नु राम्रो मानिँदैन । दिउँसो सुत्ने मानिसहरु छिट्टै मोटोपनको शिकार हुने गर्छन् । दिउँसो सुत्नाले हाम्रो पाचनतन्त्र बिग्रिन्छ र खाना ठीकले पच्दैन । यस कारण पेटसँग सम्बन्धित कब्जियत, ग्यास, अपच हुने सम्भावनाहरु बढ्छ ।

सूर्यास्तको समय अर्थात् साँझको समयमा सुत्ने गर्नु हुँदैन । यो समयमा सुत्दा केयौँ प्रयास गर्दा पनि सजिलै प्राप्त हुने सफलता पनि प्राप्त धेरै कठिनाइ हुने गर्छ । साथै गलत समयमा सुत्ने गर्नाले राति समयमा निन्द्रा लाग्दैन र हामीलाई तनाबले सताउन सक्छ ।

Loading...