fbpx

‘बाहुबली’ भन्दा भव्य फिल्म ‘आरआरआर’ : एक सिनमै ४५ करोड खर्च

दक्षिण भारतीय ब्लकबस्टर फिल्म ’बाहुबली’ भिन्दा भव्य फिल्मको निर्माण हुँदै गरेको छ । ’बाहुबली’ का निर्देशक एसएस राजामौलीले ‘आरआरआर’ नाम गरेको फिल्म निर्माण गर्दै छन् । यस फिल्मको एक सिनको सुटिङको लागि मात्रै ४५ करोड खर्च हुने भएको छ ।

यति धेरै बजेटमा दुई फिल्म बनाउन सकिन्छ । तर, राजामौलीले यस फिल्मको एउटै दृश्यको लागि यति पैसा खर्च गरेर भव्य तरिकाले सुटिङ गर्ने तयारी गरिरहेका छन् । यस फिल्मको पहिलो तालिकामा हैदराबादको आल्मुनियम फ्याक्ट्रीमा केही दृश्यको शुटिङ भइसकेको छ ।

त्यसपछि फिल्मको सुटिङ दिल्ली र पुणेमा भएको थियो । अब भने उक्त एक दृश्यको लागि हजारौं फाइटरसँग करिब ६ महिनासम्मका लागि प्रिभिजुअलाइजेशन र तालिमको संचालन गरिएको छ । यो विशेष तयारीपछि पूर्ण रुपमा सुनिश्चित भएपछि मात्र निर्देशकले यसको शुटिङ गर्ने भएका छन् ।

यो दृश्य हैदराबादको एक आल्मुनियम फ्याक्ट्रीमा शुटिङ हुने भएको छ । फ्याक्ट्रीमा हिरोइनलाई छुटाउन हिरो र भिलेन तथा हजारौं गुण्डाहरु आएर एक अर्कासँग लड्छन् । यस बारे फिल्मको निर्माण टिमले केही पनि खबर सार्वजनिक गरेको छैन ।

लगभग ५०० करोडको बजेटमा निर्माण हुन लागेको यस फिल्ममा एनटीरामा राव, राम चरण तेजा, आलिया भट्ट र अजय देभगनको मुख्य भूमिका रहने छ । फिल्म १० भन्दा धेरै भाषामा बन्ने भएको छ । सन् २०२० को जुलाइ ३० तारिखमा फिल्म रिलिज हुने भएको छ ।

प्रतिक्रिया

Loading...