युटुबमार्फत् ‘वीरविक्रम २’ को बदनाम गर्ने मेमे नेपालका सञ्चालक पक्राउ

काठमाडौं,
युटुबमार्फत् फिल्म क्षेत्रको बदनाम गर्ने मेमे नेपालका सञ्चालक पक्राउ परेका छन् । युटुबमार्फत् फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका– १४ विजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘वीरविक्रम २’ को प्रचार–प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमानेपश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल र्पुयाउने, चलचित्रको व्यापार व्यवसायमा घाटा र्पुयाउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनी निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

Loading...