दूध बोक्ने गाडीको ठक्करबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

विराटनगर,

मंगलबार बिहान दूध बोक्ने गाडीको ठक्करबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । चालक निदाएका कारण मोरङको धनपालथान गाउ“पालिका–४ गदिया खोलाको पुल नजिकै एनएमसी डेरी उद्योग झापाको दूध बोक्ने गाडीले मर्निङवाकमा निस्किएका तीन बालकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर घाइते भएका १५ वर्षीय मोहम्मद जवारको मंगलबार उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । ठक्करबाट घाइते भएका धनपालथान–४ का १५ वर्षीय मोहम्मद कैफको बुधवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे न्युरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर भएका कैफको टाउकाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा प्रहरी जवान सुरज विकले रगत दिएका थिए ।

दुर्घटनामा १८ वर्षीय इशाक अन्सारी गम्भीर घाइते छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

Loading...