मेस्सी र रोनाल्डोभन्दा कम उमेरमा नै एम्बाप्पेले पूरा गरे सय गोल

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा फ्रान्सका युवास्टार खेलाडी किलियन एम्बाप्पेले सयौं गोल पूरा गरेका छन् । विश्वविजेता फ्रान्सका स्टार एम्बाप्पेले युइएफए युरो कप छनोटअन्तर्गत एन्डोरालाई पराजित गर्दा एक गोल गर्दै उनले आफ्नो करिअरमा १०० औं गोल पूरा गरेका हुन् ।

गत आइतबार टर्कीसँग पराजित भएको फ्रान्सले मंगलबार राति भएको खेलमा एन्डोरालाई ४–० गोल अन्तरले पराजित गरेको हो । जसमा, युवा स्टार एम्बाप्पेले खेलको ११औं मिनेटमा गोल गरेका थिए ।

२० वर्षीय एम्बाप्पे देश र क्लबका लागि गरेर १०० गोल पूरा गरेका हुन् । एम्बाप्पेले देशबाट १७ गोल गरेका छन् भने क्लबका लागि ८७ गोल गरेका छन् । उनी हाल पीएसजीबाट व्यवसायीक फुटबल खेलिरहेका छन् । त्यसअघि उनले मोनाकोबाट खेलेका थिए ।

कूल १८० खेल खेलेका एम्बाप्पेले फुटबल जगतका स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोभन्दा अघि १०० गोलको आँकडा पार गरेका हुन् । मेस्सीले २२ वर्ष ९७ दिनका दिन १०० गोल पूरा गरेका हुन् भने रोनाल्डोले २२ वर्ष ३५६ दिनका दिन १०० गोलको आँकडा पार गरेका हुन् ।

तर, मेस्सी र रोनाल्डोभन्दा छिटो फ्रान्सलाई रसिया विश्वकप जिताएका एम्बाप्पेले १०० गोल पूरा गरे । उनले २० वर्ष १७३ दिनका दिन १०० गोल पूरा गरेका हुन् । उनी सन् २०१८÷१९ को सिजनमा लिग वानका सर्वाधिक गोलकर्ता बने ।

Loading...