fbpx

टिपरको ठक्करबाट ट्याक्टर सिंघिया खोलामा खस्यो

विराटनगर,
विराटनगर पुष्पलालचौक पूर्व रहेकाेे   सिंघिया खोलाको पुलबाट ट्याक्टर झरेको छ ।

विराट चाेेेक-पुष्पलाल चाेक सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्याक्टरलाई  टिपरले  ठक्कर दिएपछि  पुलबाट सिंघिया खोलामा झरेको हो ।


दुर्घटनास्थल विराटनगर– १ र १९ को सीमा क्षेत्रमा पर्छ । पूष्पलालचोक–विराटचोक सडक खण्डमा ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ  उकालोमा ब्याक सरेपछि पछाडी आउँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

ठक्करका कारण को २ त ३०८५ नम्बरको ट्याक्टर खोलामा झरेको हाे  । ट्याक्टरका चालकले भने हाम्फालेर ज्यान जोगाएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

तस्बीर सौजन्यः बिनोद चहार

प्रतिक्रिया

Loading...