fbpx

महिला विश्वकपमा कीर्तिमान : साबिकको विजेता अमेरिकाद्वारा १३ गोलको कीर्तिमानी जित

एजेन्सी,
फ्रान्समा जारी महिला विश्वकप फुटबलमा साबिकको विजेता अमेरिकाले कीर्तिमानी जित निकालेको छ । मंगलबार रिम्समा सम्पन्न समूह एफतर्फको आफ्नो पहिलो खेलमा दावेदार अमेरिकाले एसियाली राष्ट्र थाइल्याण्डमाथि १३–० को एकतर्फी जित निकालेको हो ।

उसले थाइल्यान्डमाथि फराकिलो जित निकाल्दै विश्वकप फुटबलमा सर्वाधिक गोलको रेकर्ड राखेको छ । यो विश्वकपमा एक खेलमा भएको सर्वाधिक गोल हो । महिला विश्वकपको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको जितसमेत हो ।

यसअघि महिला विश्वकपको इतिहासमा सबैभन्दा ठूलो जितको किर्तिमान जर्मनीको नाममा थियो । जर्मनीले २००७मा अर्जेन्टिनालाई ११–० ले हराएको थियो ।

उक्त खेलमा अमेरिकाका लागि एलेक्स मोर्गन एक्लैले ५ गोल गर्दा रोस लाभेले र सामन्था मेविसले समान २–२ गोल गरिन् । यस्तै लिन्ड्से होरन, मेगान,मालोरी पुघ र कार्ली ल्योडले एक–एक गोल गरिन् ।

प्रतिक्रिया

Loading...