fbpx

‘बागी ३’ मा श्रद्धा र टाइगरका साथ रितेशको इन्ट्री

विराटनगर,
सन् २०१६ मा रिलिज भएको फिल्म ’बागी’ को तेस्रो सिक्वल निर्माण हुने भएको छ । ’बागी’ र ’बागी २’ को सफलतापछि निर्माण टिम अब ’बागी ३’ को निर्माणमा जुटेका हुन् । ‘बागी’ को पहिलो पार्टमा अभिनेत्री श्रद्धा कपूर र अभिनेता टाइगर श्राफ मुख्य भूमिकामा थिए भने सुधिर बाबुले भिलेनको भूमिका निर्वाह गरेका थिए ।

यसै गरि ’बागी २’मा भने अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पतानी मुख्य भूमिकामा र मनोज बाजपेयी नेगेटिभ रोलमा थिए । अहमद खानले निर्देशन गर्न लागेको ’बागी’को तेस्रो पार्टमा भने फेरी एकपटक अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूरलाई फाइनल गरिएको छ ।

भारतीय मिडियाका अनुसार यी दुईका साथ साथै अभिनेता रितेश देशमुखलाई पनि यस फिल्मका लागि अनुबन्धित गरिएको छ । फिल्ममा उनी भिलेनको रोलमा देखिने भएका छन् । कमेडी फिल्ममा धेरै काम गरेका रितेशले यसअघि ’एक भिलेन’ फिल्ममा नेगेटिभ रोलमा अभिनय गरिसकेका छन् ।

फिल्ममा रितेशको इन्ट्रीको खबरले दर्शकहरुमा थप कौतुहल्ता उत्पन्न गराई दिएको छ । फिल्मको निर्माण टिमले यस बिषय बारेमा थप जानकारी दिएको छैन । साजिद नाडियाडवालाले निर्माण गर्ने यस फिल्मको अहिले स्क्रिप्टमा काम चलिरहेको छ ।

श्रद्धा आफ्नो नयाँ फिल्म ’स्ट्रीट डान्सर’ को छायांकनमा व्यस्त छिन् । टाइगर पनि आफ्नो नयाँ फिल्म ’फाईटर’को छायांकनमा ब्यस्त रहेका छन् । दुवैले आफ्नो आफ्नो फिल्मको छायांकन सकिए लगत्तै ‘बागी ३’ को छायांकन सुरु गर्ने भएको छन् ।

प्रतिक्रिया

Loading...