fbpx

कहाँ पुग्यो ‘नेयमार बलात्कार’ मुद्दा ?

एजेन्सी,
आफ्नो भूमिमा आयोजना हुने कोपा अमेरिका खेलअघि घाइते भएका ब्रजिलका स्टार खेलाडी नेयमार अहिले संकटमा छन् । एकतर्फ घाइते भएर उनले एक प्रतिष्ठित कप कोपा खेल्न पाएका छैनन् भने अर्को एक आरोपमा पनि फसेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायीक फुटबल खेलिरहेका उनीमाथि बलात्कारको आरोप लागेको छ । यद्यपि, उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पटक–पटक यस आरोपको खण्डन गर्दै झुटो भएको बताउँदै आएका छन् ।

नेयमारबाट फ्रान्सको राजधानी पेरिसको एक होटलमा बलात्कृत भएको दाबीसहित मोडल नाजिला त्रिन्दादेले ब्राजिल प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूलाई प्लेन टिकट र होटल बुक गरिदिएका नेयमारले गत मे १५ मा बलात्कार गरेको मोडल त्रिन्दादेले आरोप लगाएकी थिइन् ।

बलात्कृत भएको दुई दिनपछि स्वदेश फर्किएर उनले उजुरी गरेपनि १५ दिनपछि मात्र घटनाको रहस्य बाहिर आएको बताइएको छ । पेरिसमा उजुरी गर्दा असुरक्षित हुने भएकाले ब्राजिलमा फर्किएर उजुरी गरेको मोडल त्रिन्दादेले प्रहरीसँग बताएकी थिइन् ।

इन्स्टाग्रामबाट चिनजान भएपछि नेयमारले त्रिन्दादेलेलाई ब्राजिलबाट पेरिस आउने प्लेन टिकट र बस्नका लागि होटल सोफिटेल पेरिस आर्क डु ट्रियोम्फमा कोठा बुक गरिदिएका थिए । गत १५ मे मा मदिरा सेवन गरेर होटल पुगेका नेयमारले सामान्य गफगाफपछि बलात्कार गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यसैबीच नेयमारविरुद्ध बलात्कारको आरोप लगाउने त्रिन्दादेलेसँग उनका वकिलले काम नगर्ने संकेत गरेका छन् । वकिल डानिलो गार्सिया दि आन्द्रेदले मोडलले पर्याप्त प्रमाण जुटाउन नसकेपछि उनीसँग आफूले काम नगर्ने चेतावनी दिएका हुन् ।

त्रिन्दादे र नेयमारबीच कुटाकुट भएको एक भिडियो लीक भएको थियो । सो भिडियो मात्र नभएसर त्रिन्दादेलाई वकिलले दोस्रो भेटको भिडियो पनि देखाउन भनेका थिए । वकिलले दोस्रो भेटमा खिचिएको पूरा भिडियो आफूलाई देखाउन भनेका थिए ।

वकिलले दोस्रो भिडियोमा भएको प्रमाणपछि मात्र मुद्दा अगाडि बढाउन सजिलो हुने बताएका छन् । तर, नेयमारलाई आरोप लगाउने त्रिन्दादेले आफ्नो सो भिडियो भएको ट्याबलेट घरबाट नै हराएको बताएकी छन् ।

प्रतिक्रिया

Loading...