विमल घर्तीमगरले दुई गोल गरेपछि माल्दिभ्सको क्लब टीसी स्पोर्ट्सले उपाधि जित्यो

विराटनगर,
नेपाली राष्ट्रिय टोलीका सदस्य विमल घर्तीमगर सम्मलेलित माल्दिभ्सको क्लब टीसी स्पोर्ट्सले माल्दिभ्सको च्यारिटी सिल्ड फुटबलको उपाधि उचालेको छ । मंगलबार राति भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३–१ को जित निकाल्दै च्यारिटी सिल्ड उपाधि उचालेको हो ।

दोस्रो लेग खेलमा टीसीले फोकाइधुमाथि समग्रमा ४–२ को जित निकालेको हो । टीसीले पहिलो लेग १–१ गोलको बराबरी खेलेको थियो । उक्त खेलमा विमल नायक बने । उनले २ गोल गर्दै क्लबलाई उपाधि दिलाए ।

यसै सिजनका लागि टीसीमा अनुबन्धित विमलले टिसीलाई सिजनको पहिलो उपाधि जिताएका हुन् । विमल अघिल्लो महिना मात्र टिसीसँग १ वर्षका लागि अनुबन्ध भएका हुन् ।

Loading...