fbpx

पश्चिमी वायु भित्रियो : हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले नेपालका विभिन्न भू-भागमा हावहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।  बुधबारदेखि देशका पश्चिमी भू–भागहरूमा सामान्यदेखि पूर्ण मौसम बदली भई हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएको हो ।

पश्चिमी वायुले पूर्वी तथा मध्य भु–भागमा पनि असर गर्न सक्ने छ । पश्चिमी भु–भागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

वायुले हावाहुरी सहित मेघगर्जन सहितको वर्षा गराउने सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको हो ।

प्रतिक्रिया

Loading...